पर्सा १ मा ग्राफ बढाउदै किरण डंगोल
वीरगन्ज, १ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु हुन केही घण्टा मात्रै बाँकी छ । यो समयसम्म आउँदा पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । मुख्य चारजनामा प्रतिस्पर्धा देखिएको पर्साको क्षेत्र नम्बर १ मा चौथो नम्बरमा रहेको राप्रपाका किरण डंगोलले अन्तिम समयमा ग्राफ बढाउदै जानु भएको छ ।
किरण डंगोल राजनीतिमा नयाँ अनुहार होईन । रमेश रिजालको कमिटि भन्दा अघि नै नेपाली कांग्रेसको जिल्ला कमिटिमा रहेर काम गरिसक्नुभएका डंगोल कांग्रेसमा रहँदा कुनैपनि महत्वपूर्ण स्थानमा अवसर नदिएपछि केही महिना अघि मात्रै राप्रपामा प्रवेश गर्नुभएको हो ।
नेपाली कांग्रेसको सरकार हुँजा जिल्ला विकास समितिको आदिवासी जनजाति समन्वय समितिको उपाध्यक्ष भएर काम गर्नुभएका डंगोल कला क्षेत्र र खेलकुद क्षेत्रमा पनि उत्तिकै परिचित नाम हो । राजनीतिको चुनावी दौडमा भने उहाँ पहिलो पटक रेसमा हुनुहुन्छ । राप्रपा प्रवेशपछि संगठन विस्तार गर्दै अघि बढ्नुभएका डंगोलले छोटो समयमा नै राप्रपाको जनाधार बनाउदै जानुभयो ।
अहिले निर्वाचनको घरदैलो अभियानमा पनि उत्तराद्र्धमा उहाँको ग्राफ उकलो चढी रहेको छ । विभिन्न स्थानमा भएका कोणसभाहरुमा देखिएको उपस्थितिले पनि उहाँको ग्राफ बढी रहेको देखिन्छ । उहाँको भोट माग्ने शैली पनि अरुको भन्दा केही पृथक छ । मतदाताहरुसँग घरदैलोमा पुगेर भोट माग्ने मात्रै होईन, उहाँ गीत संगीतको माध्यमबाट पनि मतदाताहरुसँग मत मागिरहनुभएको छ ।
उहाँलाई भोजपुरी भाषाको गीतका चर्चित गायक सुनिल पण्डितले साथ दिईरहनुभएको छ । किरण भन्नुहुन्छ, “मान्छेलाई सधैं भाषण मात्रै होईन केही मनोरञ्जन पनि चाहिन्छ । अझ भन्दा नेताले भाषण गर्दा जति सहज रुपमा जनता मतदाताले बुझ्न सक्दैनन् । गीतको भावबाट त्यति सहज रुपमा बुझ्न सक्छन् । मेरो त आफ्नो मनपर्ने क्षेत्र र लागेको क्षेत्रपनि भएकोले भोट माग्दापनि गीतबाटै मागेको छु ।” निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरु मध्यमा बौद्धिक नेतामा पनि पर्नुहुन्छ । चारजना उम्मेदवार मध्य अजय द्विवेदी, लक्ष्मणलाल कर्ण र किरणमान डंगोल बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन् ।