जनप्रिय नेता महतोको पक्षमा जनलहर 

जनप्रिय नेता महतोको पक्षमा जनलहर 

वीरगन्ज । नेपाल एकीकृत समाजवादी वडा नम्बर ११ का वडा अध्यक्ष उमेदवार सत्यनारायण महतोको पक्षमा जनलहर बढेको छ ।

लामोसमय देखि कम्युनिष्ट राजनीतिमा क्रियाशील महतो यसपटक वडामा निर्वाचित भए वडाको लागि निःशुल्क औषधिको व्यावस्था, दलित तथा विपन्न परिवारको छोरीको ५०% सहयोग गर्ने, उज्यालो अभियान, मठ मन्दिर मस्जिद संरक्षण गर्ने,

भ्रष्टाचार मुक्त वडा बनाउने, युवायुवतीहरुलाई रोजगारीको ब्यवस्था मिलाउने, ज्येष्ठ नागरिकलाई सहुलियत, अपाङ्गता भएकाहरुलाई विशेष स्थान दिने, खेलाडीहरुलाई प्रोत्साहन गर्ने, वडामा इन्टरनेट फ्रि गर्ने, भौतिक पूर्वधार निर्माण गर्ने, विभिन्न सीपमुलक कार्यक्रम ल्याउने तथा शिक्षा स्वास्थ्यको गुणस्तरीय बनाउने लगायत २० बुँदे घोषणापत्र जारी गर्नुभएको छ ।

दैनिक जसो वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा यसपटक आफुलाई मत दिएर बिजयी गराउन मतदाताहरुसंग अपिल गर्नुभएको छ । वडामा लोकप्रिय नेता वडा अध्यक्षका उमेदवार महतोको पक्षमा जनलहर बढ्दै गएको दावी पनि गर्नुृभयो ।

 निष्ठाको राजनीति गरेका शालिन व्यत्ति महतो सहित उहाँको प्यानलमा इमान्दार व्यक्तिहरुको उम्मेदवारीले वडा नम्बर ११ का मतदाताहरुले यस पटक न्याय पाउनेमा पनि अपेक्षा गरेका छन् ।