एकीकृत समाजवादी पर्साद्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया 

एकीकृत समाजवादी पर्साद्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया 

वीरगन्ज, १६ असार । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी पर्सा द्वारा समाजवादी मोर्चा बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा समाजवादी  मोर्चाबारे छलफल र बहस भएको थियो। पार्टीका पर्सा जिल्लाको जिम्मेवार नेताहरुले समाजवादी मोर्चाको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाले  समाजवादको बारेमा प्रष्ट पार्नु भएको थियो । पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले नेपालीको लागि नेपाली  विशेषताको समाजवाद स्थापना गर्ने उदेश्य समाजबादी मोर्चाको रहेको बताउनुभयो । समाजवाद आर्थिक,  सामाजिक र राजनतिक तबरले परिवर्तन हुनु रहेको बताउनुभयो ।

गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा लगायतका साधन श्रोत आमजनतामा सामान्य रूपमा उपलब्ध हुनसक्यो भने मात्र समाजवादको परिवेशमा प्रवेश गरेको महसुस गरिने र पुँजीपतिको अन्त्य नै समाजवाद भएको बताउनुभयो । सामन्तवाद र पुँजीपति दलालको अन्त्य गरि सर्वहाराबर्ग, दलित, भूमिहिन किसानलाइ समानताको हक अधिकार सुरक्षित गराउनु नै समाजवाद भएको बताउनुभयो ।

पार्टीका नेताहरु किशोरी कुशवाहा, मनोज चौधरी, मनोज पटेल, अनील पटेल, गंगा खडका, बृजलाल पासवान, द्वारिका श्रीवास्तव, बृज यादव, जोगमाय तामाङ, मंजूर आलम लगायतको छलफलमा उपस्थिति रहेको थियो ।