संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले भोली एमसीसीको विरोधमा प्रदर्शन गर्ने 

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले भोली एमसीसीको  विरोधमा प्रदर्शन गर्ने 

वीरगन्ज, ६ फागुन । संयुतm राष्ट्रिय जनआन्दोलन मोर्चाले एमसीसी परियोजनाको बिरोधमा फागुन ७ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा वीरगन्जमा एमसिसि परियोजनाको बिरोधमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले प्रदर्शन गर्ने भएको हो ।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा जिल्ला कार्यसमिति पर्साले वीरगन्जमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रजातन्त्र दिवस कै दिन एमसिसि परियोजनाको बिरोधमा प्रदर्शन गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लँुईटेलले एमसिसि परियोजना नेपालको हित बिपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताउनुभयो ।

मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनिकरण गर्न सके देशको विकासका लागि बिदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै उहाँले एमसिसि परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । एमसिसि परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै उहाँले एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

एमसीसी कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै त्यसको बिरोधमा मोर्चाले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिनुभयो । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साका अध्यक्ष शम्भु चौरसियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका सहअध्यक्ष विष्णु भटट्राई, प्रवतmा सृजना वाग्ले, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका केशवराज ढुगांना, शोभराम थापा, अजय पौडेल लगायतकाले बोलेका थिए ।