नेकपा माओवादी केन्द्र पर्साकाे कार्यालय व्यवस्थित बन्दै
वीरगन्ज, १७ साउन । नेकपा मओवादी केन्द्र पर्साकाे पार्टी कार्यालय व्यवस्थित बन्दै गएकाे छ । पार्टीको सहायक संगठन वाइसियल पर्साले पार्टीको कार्यालयमा बसेर गतिविधि बढाउन थालेपछि कार्यालय व्यवस्थित बन्दै गएकाे हाे ।
पर्सामा माओवादीकाे नेताहरू धेरै भए पनि संगठन भने कमजाेर रहेकाे छ । नेतृत्वको निष्क्रियताले पार्टीका कार्यकर्ताहरूलाई संरक्षण गरि संगठित गर्न नसक्दा पार्टी पर्सामा कमजाेर बनेकाे हाे ।
पार्टी कार्यालय स्थापना गरिए पनि अहिले पार्टीका कार्यकर्ताहरू गुनासाे लिएर कार्यालयमा आउदा पार्टीका नेताहरू नभेटिने भएपछि वाइसीएलले पार्टी कार्यालयमा बसेर संगठनकाे काम पनि गर्ने पार्टीको काममा पनि सहयाेग गरिरहेकाे छ ।
कार्यालय नहुँदा संगठनकाे काम गर्न पनि असहज भईरहेकाेमा पार्टीकै कार्यालयमा संगठनकाे पनि काम गर्न सजिलाे र व्यवस्थित बनाउन सहज भएको वाइसियल पर्साका संयाेजक दिपेन्द्र सिंह पटेलले बताउनुभयो ।
कार्यालयमा बस्न थालेपछि दिनमा चार पाँच जना कार्यकर्ताहरू आउन थालेकाे र उहाँहरूकाे काममा सहजीकरण गर्ने काम पनि वाइसियलबाट भइरहेकाे पटेलले बताउनुभयो ।
पार्टी गतिविधि निष्क्रिय भएपनि भातृसंगठनहरूकाे सक्रियताले माओवादीलाई संगठन निर्माणमा पनि बल पुग्ने उहाँले बताउनुभयो ।
पार्टीका सबै भातृसंगठनहरूसँग बेलाबेलामा सम्पर्क र छलफल गर्दै जाने र सबैको साथ र सहयाेगले पर्सामा पार्टीलाई पनि बलियाे बनाउन सहयाेग पुग्ने उहाले बताउनुभयाे ।