साउथ जोन माविमा सपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

साउथ जोन माविमा सपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगन्ज, १९ साउन । वीरगञ्जको राधेमाईस्थित साउथ जोन माध्यामिक विद्यालयमा विद्यार्थी कल्याण परिषद्मा निर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पुरस्कार वितरण समारोह सम्पन्न । विद्यालयका कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुको चार समूह विभाजन गरी विद्यार्थी कल्याण परिषद् गठन गरी विद्यालयको हेड ब्वाय र हेड गर्ल नियुक्त भएका छन् ।

विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले गर्नुभएको थियो । प्रमुख अतिथि पौडेलले पानसमा दीप प्रज्जवलन तथा राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेर उदघाटन गर्नुभएको हो । उदघाटन पछि विद्यार्थी कल्याण परिषदका पदाधिकारीहरुलाई सपथ ग्रहण पनि गराउनु भएको थियो ।

सपथग्रहणपछि विद्यालयको विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थिायो । कार्यक्रममा विशिष्ट अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, वडा नम्बर १३ का अध्यक्ष हिरा गिरी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, जिल्ला प्रहरी कार्यालय पर्साको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलकी प्रहरी निरीक्षक मनिषा लौडारी,

प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, पर्सा अध्यक्ष पुरन प्रधान, प्रेस सेण्टरका केन्द्रीय सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, सामाजिक अभियन्ता प्रकाश थारु, पत्रकार प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक अशोक संगौलाले गर्नुभएको थियो । शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको साउथ जोन माध्यामिक विद्यालयले विभिन्न खेलकुद प्रतियोगिताहरुमा पनि अब्बल सावित गर्न सफल भएको छ । विद्यालयमा १ हजार ८ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।