मस्कोट माविका विद्यार्थीहरुको आकर्षक विज्ञान प्रदर्शनी 

मस्कोट माविका विद्यार्थीहरुको आकर्षक विज्ञान प्रदर्शनी 

वीरगन्ज, १० फागुन । वीरगन्जका कुम्हाल टोलमा रहेको मस्कोट माध्यामिक विद्यालयको २२ औं बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले बनाएको विज्ञान सम्बन्धी सामग्रीको प्रदर्शनी निकै आकर्षक देखिएका थिए । विद्यालयले २२ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका विज्ञान प्रदर्शनी गरेका थिए ।

विद्यालयका निर्देशक तथा प्रिन्सिपल छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले प्रदर्शनमा राखेका विज्ञानसँग सम्बन्धित सामग्रीहरुले अतिथिहरुको ध्यानाकर्षण गराएको थियो ।

विद्यार्थीहरुले विभिन्न सामग्रीहरुको प्रयोगबाट विभिन्न सामग्रीहरु निर्माण गरेर प्रदर्शनीमा राखेका थिए । उनीहरुले प्रदर्शनीमा राखेका सामग्रीहरु मध्य वातावरण संरक्षणका लागि सन्देश दिने खालको सामग्री र मानव शरीरमा हुने रत्तसञ्चार प्रवाहको सामग्री निकै आकर्षक देखिएका थिए ।

उनीहरुले चित्र र डिस्फोजेबल सिरिञ्जको माध्यमबाट बनाईएका रक्तनलीहरुमा गरिएको रत्तप्रवाह निर्क उत्कृष्ट देखिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले प्रदर्शन गरेको विज्ञान सम्बन्धी सामग्रीको अवलोकनपछि अतिथिहरुले निकै प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटी, प्याब्सन मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी,

पर्सा अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलोक चौरसिया, सामाजिक अभियन्ता प्रकाश थारु, छपकैया सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्याँसुद्दिन ठकुराई, वीरगन्ज युवा समाजका निवर्तमान अध्यक्ष कमल चौगाई, पत्रकार सन्तोष रञ्जितकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बलराम श्रेष्ठ र स्वागत विद्यालयकी प्रशासन प्रमुख रोशनी श्रेष्ठले गर्नुभएको थियो ।