नेपाल शिक्षक संघ पर्साको कार्यसमिति चयनका लागि तीन सदस्य समिति गठन
वीरगन्ज, ५ चैत । नेपाल शिक्षक संघको नवौं अधिवेशन नयाँ कार्यसमिति चयन नगरी सम्पन्न भएको छ । उदघाटन सत्रपछि भएको बन्दसत्रबाट नयाँ कार्य समिति चयनका लागि तीन सदस्यीय समिति गठन गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिनुभयो ।
बन्दसत्रले निर्विरोध कार्यसमिति चयन गर्नका लागि विनोद मेहेता, महेन्द्र चौधरी र शिवनारायण यादव सदस्य रहेको कमिटि गठन गरेको छ । कमिटिले चयन गरेको कार्यसमिति नै मान्य हुने निवर्तमान अध्यक्ष यादवले बताउनुभयो ।
पर्सा जिल्लामा नेपाल शिक्षक संघमा एक हजार पाँचसय भन्दा बढी शिक्षक आवद्ध रहेका छन् । यसअघि शनिबार सिद्धार्थ माध्यामिक विद्यालयमा आयोजित नवौं अधिवेशनको नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रमेश रिजालले उदघाटन गर्नुभएको थियो ।