औषधि बिक्री प्रतिनिधिको संगठनमा वीरगन्जबाट उपाध्यक्ष र सचिवमा निर्वाचित

औषधि बिक्री प्रतिनिधिको संगठनमा वीरगन्जबाट उपाध्यक्ष र सचिवमा निर्वाचित

वीरगन्ज, ५ चैत । औषधि बिक्री गर्ने बजार प्रतिनिधिहरुको संगठन नेपाल औषधी तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) को केन्द्रीय नेतृत्वमा वीरगन्जबाट पनि प्रतिनिधित्व गर्न सफल भएको छ ।

चितवनको नारायणघाटमा शनिबार सम्पन्न २८ औँ केन्द्रीय राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको सङ्गठनमा वीरगन्जबाट उपाध्यक्ष र सचिवमा प्रतिनिधित्व गर्न पुगेका छन् ।

महाधिवेशनले श्याम मण्डलको अध्यक्षतामा सर्वसहमतिले चयन गरिएको पदाधिकारी सदस्यहरुमा वरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद  गुराथोकी, उपाध्यक्षमा वीरगन्जका मनोज साह र मिन साह, महासचिवमा निरज पन्त, सचिवमा जीवन ज्ञावाली, दुपेन्द्र रिजाल र वीरगन्जकै नरेन्द्र कुशवाह चयन भएका छन्  ।

कोषाध्यक्षमा हिरण्य प्रसाद लुँईटेल र सह–कोसाध्यक्षमा सुभाष कुमार गुप्ता रहेका छन् । चैत्र ३ र ४ गते भएको महाधिवेशनमा देशभरका १४ एकाईबाट पाँच सय प्रतिनिधिले सहभागिता जनाएका थिए ।  २५ सदसिय कार्यसमितिका लागि प्रत्येक एकाईबाट एकरएक जना सदस्य चुनिने दाहालले बताउनुभयो ।