स्थिर समयमा पनि समाजिक सञ्जाल गतिशिल, निर्वाचन आयोग आग्रहमा सीमित
रञ्जित यादव
वीरगंज, २ मंसिर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग बढेको छ । निर्वाचन आयोगले मौन अवधि (स्थिर समय) शुरु हुनु अगावै प्रचारप्रसार सामाग्री हटाउन सूचना जारी गरेर आग्रह गरिएपनि त्यसको निर्वाचन आयोगको आग्रहलाई वास्ता गरेको देखिदैन ।
मंसिर १ गते मध्यरात देखि स्थिर समय शुरु भएको छ । मौन अवधि शुरु हुनु १÷२ मिनेट अगाडी पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले आयोगको आग्रह र आचारसंहितालाई टेकेर सबै सामाग्री हटाउनको साटो उल्टै विभिन्न सामाग्री थप गरेर पोष्ट गरेको देखिन्न पाईन्छ ।
यसरी आयोगको आग्रहलाई पनि लत्याएर उम्मेवारहरुले स्वयं आफ्नै नामको पेजबाट पनि मौन अवधीको १÷२ मिनेट पहिला प्रचार सामग्रीहरु झन थप गरिएको देख्दा आयोगले आग्रह बाहेक केही गर्न नसकेको बुद्धिजिवीहरुको भनाई छ । चोक, बजार, पसल, घर आदीमा झुण्डयाइएका तुल व्यानर प्रहरीले हटाएपनि समाजिक सञ्जालबाट गरिएको प्रचारप्रसारका सामाग्री आयोगले हटाउन आग्रह बाहेक केही पनि गर्न सकेको छैन ।
निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ। कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाएपनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो ।
आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता सामग्री हटाउन पनि भनेको छ । चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्तालाई आग्रह गरेको हो ।
यस्तै, चुनावका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिह्न भएका पोसाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, टोपी, स्टिकरलगायत प्रयोग गर्न पाइने छैन । मंसिर २ गते आईतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । आयोगले कसैको दबाबमा नपरिकन ढुक्क भएर मत दिन पनि आग्रह गर्दै आएको छ ।