पर्सागढीमा भूमिहीन दलित, भूमिहीन सुकम्वासी र अव्यवस्थित बसोवासका लागि नाप नक्शा शुरु हुने

पर्सागढीमा भूमिहीन दलित, भूमिहीन सुकम्वासी र अव्यवस्थित बसोवासका लागि नाप नक्शा शुरु हुने

वीरगन्ज, १६ बैशाख । पर्साको पर्सागढीमा भूमिहीन दलित, र भूमिहीन सुकम्वासीहरुलाई उपलब्ध गराउने र अव्यवस्थित बसोवासीको व्यावस्थापन गर्नका नापीको टोली नम्बर ४ र ५ बाट जारी भएको जग्गाको नापनक्शा शुरु हुने भएको छ । राष्ट्रिय भूमि आयोगक जिल्ला समिति पर्साले जेठ २ गतेबाट जग्गाको नापनक्शा शुरु गर्ने भएको हो ।

पर्सागढी नगरपालिका वडा नम्बर २ भित्र बैशाख १६ गते आयोग जिल्ला समिति र स्थानीय तहले पहिचान र छनोट गरेको सरकारी जग्गाको नाप नक्शा जेठ १ गते देखि शुरु हुने भएको छ । जग्गा प्राप्ती गर्न योग्य भूमिहीन दलित र भूमिहीन सुकम्वासीहरुलाई नाप नक्शा हुने समयमा आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिईर उपस्थित भएर आफूले आवाद कमोत गरेको जग्गाको साँध सिमाना देखाई नापी गर्न पनि अनुरोध गरेको छ ।

नापी हुने विषयमा अन्य थप जानकारी चाहिएमा राष्ट्रिय भूमि अयोग जिल्ला समिति पर्साको कार्यालयमा सम्पर्क गर्न समितिका अध्यक्ष तबरेज अहमदले आग्रह गर्नुभएको छ ।