घुस रकमको भागबण्डा नमिल्दा यातायात कार्यालय वीरगन्जका कर्मचारीबीच विवाद, सेवाग्राहीलाई भने सास्ती

रन्जीत साह सरुवा भएर आएपछि सवारी अनुमती पत्र बितरणको काममा अतिरिक्त शुल्क लिने परिपाटी आपसी द्वन्द्वका कारण रोकिएको थियो । त्यसको कारक साह नै थिए । अहिले लाइसेन्स बितरणमा अतिरिक्त शुल्क (आर्थिक नजराना) लिने सहमति उनकै अगुवाई भएको हो । इमान्दार साहको एकाएक त्रिनेत्र खुल्यो र अतिरिक्त रकम सेवाग्राहीसँग लिने योजना बन्यो । यस पटकको परीक्षाहरुमा पैसा लिएर परिक्षार्थी पास गराउने भन्दै पैसा संकलन भएको थियो । संकलित रकम जसले लियो उसैले राख्ने गरेकोले विवाद सतहमा आएको हो ।

घुस रकमको भागबण्डा नमिल्दा यातायात कार्यालय वीरगन्जका कर्मचारीबीच विवाद, सेवाग्राहीलाई भने सास्ती

वीरगन्ज, १९ असार । अतिरिक्त कमाई हुने सबैभन्दा आकर्षक कार्यालय यातायात व्यावस्था कार्यालय वीरगन्जका कर्मचारीहरुको आर्थिक लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीले भने सास्ती खेप्नु परेको छ । यातायात व्यावस्था चालक अनुमति पत्र कार्यालय वीरगन्जमा कर्मचारीहरुको घुस लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीहरुलाई भने समस्या भएको हो ।

कर्मचारीहरुबीच सेवाग्राहीबाट लिने घुस रकमको भागबण्डामा कुरा नमिल्दा बढेको विवाद अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १४ का बिशाल पटेललाई पक्राउ गरेको छ । यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले पटेलबिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए ।

उनले पटेल र अर्का एक जना रुस्तम नामका व्यक्तिबिरुद्ध शान्ति सुरक्षाको माँग गर्दै उजुरी गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि प्रहरीलाई पत्राचार गरेपछि पटेललाई प्रहरीले पक्राउ गरेको बताइएको छ । सवारी चालक अनुमतीपत्र बितरणकालागि कार्यालयले असार ५ गते लिखित परिक्षा लिएको थियो ।

असार ६ र ७ गते ट्रायल परिक्षा लिएर रिजल्ट प्रकाशनको तयारी गरिएको थियोे । रन्जीत साह सरुवा भएर आएपछि सवारी अनुमती पत्र बितरणको काममा अतिरिक्त शुल्क लिने परिपाटी आपसी द्वन्द्वका कारण रोकिएको थियो । त्यसको कारक साह नै थिए । अहिले लाइसेन्स बितरणमा अतिरिक्त शुल्क (आर्थिक नजराना) लिने सहमति उनकै अगुवाई भएको हो ।

इमान्दार साहको एकाएक त्रिनेत्र खुल्यो र अतिरिक्त रकम सेवाग्राहीसँग लिने योजना बन्यो । यस पटकको परिक्षाहरुमा पैसा लिएर परिक्षार्थी पास गराउने भन्दै पैसा संकलन भएको थियो । संकलित रकम जसले लियो उसैले राखेकोले बितरणमा समस्या भयो ।

परिक्षा प्रमुखको जिम्मेवारी लिनुभएकी बविता जयसवालले पैसा नपाएपछि यातायात भित्रको विवाद सतहमा आएको हो । बदनामी आफ्नो हुने तर केही नपाउने अवस्था आएपछि बविता जयसवालले फेरी ट्रायल परीक्षाको नतिजा एकदमै पारदर्शी गर्ने घोषणा गर्नुभयो । कार्यलय सम्वद्ध स्रोतका अनुसार कार्यालयले प्रवेश पत्र तथा पुन ट्रायलको शुल्क नगदीमा गर्ने गर्दछ ।

त्यसरी संकलन गरिएको रकम राजस्व अपचलन भएको र आर्थिक वर्षको अन्त्यमा त्यही खर्च मिलान गर्न खोज्दा करारका कर्मचारी केविन यादव, कमलेश सहनी, रन्जित साहले विवाद गरेका थिए । उनीहरुले पहिलेको कमिशनको पैसा पनि नबाडिएको र अहिले पनि नवाड्ने प्रपञ्च गरेको भन्दै बिवाद गरेका थिए ।

यादव सहनी र साहले ट्रायल प्रमुख जयसवाललाई अभद्र ब्यवहार तथा दुर्वचन समेत प्रयोग गरेका थिए । जयसवालले यादव र सहनी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो । जयसवालको उजुरीको बिषयमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दीपक गिरीको कार्यकक्षमा हिजो भएको छलफलमा यादव र सहनीले आफनो कमजोरी स्वीकार गर्दै माफी मागेपछि यो कुरा मिलेको छ ।

साहले उजुरी दिएका पटेल भने प्रहरी हिरासतमै रहेका छन् । रञ्जित साहको दरबन्दी रौतहटको यातायात सेवा कार्यालयमा रहेपनि शक्ति र पहुँचका भरमा अतिरिक्त आम्दानी हुने कार्यालय वीरगन्जमा कार्यरत रहेका छन् ।