माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपाका अध्यक्ष नड्डाबीच भेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपाका अध्यक्ष नड्डाबीच भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान नड्डासँग भेट गर्नुभएको हो ।

नड्डाकै निमन्त्रणमा दाहाल तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुग्नुभएको थियो । नड्डासँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, दाहालको पक्षबाट छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल सहभागी थिए । स्वदेश फर्किनुअघि दाहालले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।