बझाङम भूकम्पको धक्का महशुस 

बझाङम भूकम्पको धक्का महशुस 

काठमाडौं, १० जेठ। बझाङमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।  बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। बझाङ गएको भूकम्पको बाजुरा र छिमेकी जिल्लामा समेत धक्का महसुस भएको छ ।