नागरिकता सम्बन्धि मुद्दा सपना मल्ल प्रधान र कुमार रेग्मीको इजलासमा 

नागरिकता सम्बन्धि मुद्दा सपना मल्ल प्रधान र कुमार रेग्मीको इजलासमा 

वीरगन्ज, ६ असार । नागरिकता सम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दा आज न्यायधीश सपना मल्ल प्रधान र कुमार रेग्मीको इजलासमा परेको छ । यसअघि हिजो सुनुवाई हुने भनिएको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिक सम्बन्धी विधेयकमा प्रमुख प्रतिपक्षदलहरुले विरोध गर्दै आएका छन् । बरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दिनु भएको थियो ।

उक्त रिटको पेशी तोकिएपनि सर्दै आएको छ । मंगलबारका लागि तोकिएको पेशीमा पनि हेर्न नभ्याईनेमा राखेको थियो । सोही मुद्दाको आज पेशी तोएिको हो । नागरिकता पाउनबाट बञ्चित भएकाहरु अहिले दिनहुँजसो काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले नागरिकता विहिन बनाएर नागरिकलाई राख्न नमिल्ने भन्दै नागरिकताको विषय चाडै टुंगो लगाउन पनि माग गर्दै आएका छन् ।