राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालद्वारा नेम्वाङप्रति समवेदना व्यक्त
वीरगन्ज, २६ भदौ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालबाट समेत नेम्वाङप्रति समवेदना प्रकट गर्नुभएको छ ।
नेम्वाङको देशप्रतिको लगानी र समर्पणको चर्चा गर्दै लेख्नु भएको छ, ‘सम्माननीय संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्षरपूर्व सभामुख र प्रतिनिधि सभा सदस्य श्री शुवास नेवाङ ज्यूको दुःखद नीधनको खबरले अत्यन्त दुःखी छु । देशप्रति वाँहाको लगानी र समर्पण सधै स्मरणीय रहनेछ। यश घडीमा म वाँहाप्रति उच्च सम्मान का साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। म वाँहाका शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’