१ लाख २४ हजार ६ सय ४७ मतले वीरगन्जको भविष्य निर्धारण हुदै
वीरगन्ज, २९ बैशाख । शुक्रबार हुने स्थानीय तह निर्वाचन २०७९ मा वीरगन्जका १ लाख २४ हजार ६ सय ४७ जनाले वीरगन्जको भविष्य निर्धारण गर्दै छ । आफ्नो मत मार्फत मन दिएर वीरगन्जको भविष्य बनाउन शुक्रबार मतदाताहरुले मत दिने छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका छन् । मतदान स्थल तथा मतदान केन्द्र पनि सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा नै छ । महानगरमा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र बनाइएको छ । ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर १६ को नगवामा रहेका छन् ।
नगवाको वडा नम्बर १६ इनरुवामा २ हजार १ सय ७१ र नगवामा ५ हजार ४ सय १३ जना मतदाताले योग्य उम्मेदवार चुन्दैछन् । त्यस्तै दोश्रो मतदाता संख्या रहेको वडा नम्बर १० हो । यो वडामा ६ हजार ३ सय ८० मतदाता रहेका छन् । तेश्रो मतदाता संख्या रहेको वडा ३२ हो ।
वडा नम्बर ३२ मा ५ हजार ३ सय १४ जना मतदाता रहेका छन् । वडा नम्बर ३२ को प्रसौनी चोर्नीमा २ हजार १६ जना, परसवा चोर्नीमा ८ सय ३१ र टेढा चोर्नीमा २ हजार चारसय ६५ जनाले मतदान गर्नेछन् । महानगरपालिकाको वडा नम्बर ३१ चौथो मतदाता संख्या रहेको वडा हो ।
वडा नम्बर ३१ को प्रसौनी बेल्वामा २ हजार ९ सय ५९, सोलखपुरमा १ हजार २ सय २५ र भेडियाहीमा ८४८ मतदाता रहेका छन् । त्यस्तै पाँचौं नम्बरको मतदाता संख्या रहेको वडा नम्बर १२ हो । यो वडामा ४ हजार ८ सय १५ जना मतदाता रहेका छन् ।
कुन वडामा कति मतदाता ?
वडा नम्बर १ – ४२२१
वडा नम्बर २ – ४७३१
वडा नम्बर ३ – ४३१८
वडा नम्बर ४– २७४८
वडा नम्बर ५– २१६६
वडा नम्बर ६– ४०६६
वडा नम्बर ७– २६५०
वडा नम्बर ८– ३३१९
वडा नम्बर ९– २०४४
वडा नम्बर १०– ६३८०
वडा नम्बर ११– ४५४५
वडा नम्बर १२– ४८२५
वडा नम्बर १३– ३९५३
वडा नम्बर १४– ३६९९
वडा नम्बर १५– ४८६०
वडा नम्बर १६– ७५५९
वडा नम्बर १७– ४२७४
वडा नम्बर १८– ३३२५
वडा नम्बर १९– २८८९
वडा नम्बर २०– २७०७
वडा नम्बर २१– ३८१८
वडा नम्बर २२– ३२४८
वडा नम्बर २३– २९२८
वडा नम्बर २४– ३०९२
वडा नम्बर २५– ३१५०
वडा नम्बर २६– ३३२१
वडा नम्बर २७– ३७७०
वडा नम्बर २८– ४३५३
वडा नम्बर २९– ३७०७
वडा नम्बर ३०– २५१४
वडा नम्बर ३१– ५०३२
वडा नम्बर २१– ५३१४
वडामा हुने मतदान प्रतिशत र मत प्रतिशत हेर्नुहोस