रेशम चौधरी आज रिहा हुदै
वीरगन्ज, २६ मंसिर । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई रिहा गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणामपछि सरकार गठनको कसरत भईरहेका बेला रेशम चौधरी लगायत राजनीतिक दलहरुका नेताहरुको मुद्दा फिर्ता लिन सरकारले अध्यादेश जारी गर्ने निर्णयसँगै चौधरी रिहा गर्ने तयारी भएको हो ।
सरकार गठनका लागि बहुमत पुर्याउनका लागि सरकारले नागरिक उन्मुक र पार्टीका रेशम चाैधरी र सिके राउतको जनमतपार्टीका नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले अध्यादेश जारी गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउने छ ।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेर कार्यान्वयनमा आएमा सबैभन्दा पहिले रेशम चौधरी छुट्ने छन् । टिकापुर घटनामा अदालतले दोषी ठहर गरेपछि चौधरी अहिले डिल्लीबजार स्थित कारागारमा कैद भुक्तान गरिरहेका छन् । उनलाई रिहा गर्ने प्रकृया अगाडि बढेको र केही घण्टामा उनी रिहा हुने स्रोतले जनाएको छ ।
निर्वाचनको मतपरिणाम अन्तिम चरणदेखि नै चौधरीलाई भेट्न कारागारमा नेताहरुको लाम लागेको थियो । चौधरी रिहा हुने भएपछि समर्थकहरु काठमाडौंमा भेला भएका छन् । उनलाई राखेको डिल्लीबजार कारागारमा पनि उनको समर्थकहरुको भीड बढ्दै गएको चौधरीका एक समर्थकले बताए ।