सभामुखद्वारा निर्माणाधिन संघीय संसद भवनको अवलोकन 

सभामुखद्वारा निर्माणाधिन संघीय संसद भवनको अवलोकन 
तस्वीर : सभामुख सापकोटाको सचिवालयको फेसबुक पेजबाट

काठमाडौं, २२ साउन । संघीय संसदका सभामुुख अग्निप्रसाद सापकोटाले शुक्रबार निर्मार्णाधिन संसद भवनको अवलोकन गर्नुभएको छ । सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनको अवलोकन गरी तोकिएको समय भन्दा अगाडि नै कार्य सम्पन्न गर्ने उपायहरुको खोजि गर्दै काम गर्न दिशा निर्देश गर्नु भएको सभामुखका सञ्चार विज्ञ श्रीधर पौडेलले जानकारी दिनुभयो ।

अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढंगले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद सचिवालय र संवद्ध पक्षसँग समन्वयको आवश्यकता औंल्याउनु भएको छ । उहाँले निर्माणमा संलग्न कामदारहरुको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो ।

सो अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्यप्रगति लक्ष्य अनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिड विरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह समेत गरेको थियो ।