सिराहामा १५ कठ्ठामा लगाईएको प्रतिबन्धित गाँजा नष्ट

सिराहामा १५ कठ्ठामा लगाईएको प्रतिबन्धित गाँजा नष्ट

वीरगञ्ज, २६ मंसिर । सिराहा जिल्लाको विभिन्न स्थानमा लगाईएको प्रतिबन्धित लागूऔषध गाँजा खेती प्रहरीको संयुक्त टोलीले नष्ट गरेको छ ।

सिराहको नराहा गाउँपालिका वडा नम्बर २ पानपारी र गोलबजार नगरपालिकाको वडा नम्बर ७ चोहर्वामा लगाईएको १० कठ्ठा, र मिर्चैया नगरपालिका वडा नम्बर ७ इलाका लगाईएको ५ कठ्ठा गरी करिब १५ कठ्ठामा लगाईएको प्रतिबन्धि गाँजाखेती नष्ट गरिएको सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी छिन्नमस्ता महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वाटर सिराहाबाट गएको ६९ जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको १० जनाको संयुक्त टोलीले तीनवटा गाउँपालिकामा लगाईएको अन्दाजी पाँच हजार गाँजाको बोट फाँडेर नष्ट गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो ।

यसअघि सर्लाहीको विभिन्न स्थानमा लगाएको प्रतिबन्धि गाँजाखेती सशस्त्र प्रहरीले नष्ट गरेको थियो ।