नागरिकता ऐन आईतबारदेखि कार्यान्वयनमा आउने, वडामा कागजात सहित सिफारिस गर्न सिडिओको आग्रह
वीरगन्ज, ८ असार । नागरिकताको विषयमा सर्वोच्चमा परेको रिटको आन्तरिम आदेशलाई निरन्तरता नदिने फैसलासँगै नागरिकता (पहिलो संसोधन) ऐन २०७९ लाई कार्यान्वननका लागि जिल्ला प्रशासन कार्यालयले पहल शुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता ऐन कार्यान्वयनका लागि आवश्यक कागजात सहित सिफारि गर्न स्थानीय तहका सबै वडाहरुलाई आदेशानुसार अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज सूचना जारी गरि नेपाल नागरिकता नियमावली (संसोधन सहित) जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेका सन्तानको लागि आवश्यक कागजातहरु संलग्न राखी अनुसूची फाराम गरि सिफारिस पठाउन वडाहरुलाई भनेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गर्नुभएको सूचनामा नागरिकता प्राप्तीका लागि आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।