वर्गीय पक्षधरताकाे मुद्दामा एकताबद्ध हुन अध्यक्ष जुगलकाे निर्देशन
वीरगन्ज, २३ असार । प्रेस सेण्टर नेपालका केन्दीय अध्यक्ष विष्णु सापकाेटा (जुगल) ले वर्गीय पक्षधरताकाे लडाइँमा एकताबद्ध हुन निर्देशन दिनुभएको छ ।
नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेण्टर नेपाल मधेस प्रदेश समन्वय केन्द्रकाे प्रथम बैठकमा अध्यक्ष जुगलले यस्ताे बताउनु भएको हाे ।
देशमा परिवर्तन गर्न, उत्पीडित जाति वर्गकाे उत्थानका लागि लडेर आएको पार्टीको विचारसँग सहमत भएर नै अहिलेकाे परिवर्तन सम्भव भएकोले अब लेख्ने पत्रकारहरूकाे संगठन निर्माणका लागि र प्रविधिकाे विकाससँग जनताको आवाजलाई मुखरित गर्न सक्नुपर्ने बताउनुभयो ।
अहिले सांकेतिक हिसाबले ब्रेक गर्न खाेजिएकाे भन्दै एक वडा एक पत्रकार एक पालिका एक कमिटिकाे नीति चाैथाे महाधिवेशनले पारित गरेकाेले त्यसको लागि पनि अभियान जारी रहेकाे जानकारी दिनुभयाे ।
प्रेस सेण्टर नेपालका उपाध्यक्ष तथा मधेस प्रदेशका इञ्चार्ज गाेविन्द देवकोटाकाे अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशकाे साधारणसभा गर्ने, पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यतामा महासंघले पूर्वाग्रही ढंगबाट गरिए त्यसको प्रतिवाद गरिने त्यसको लागि टास्कफाेर्स बनाएर समाधान गर्नुपर्ने लगायतका निर्णय गरिएको छ ।
बैठकमा मधेस प्रदेशबाट केन्द्रीय समितिमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, मधेस प्रदेश समितिका पदाधिकारी, जिल्ला अध्यक्षहरूकाे सहभागिता रहेकाे थियाे ।