राजेन्द्र राइको गृह नगर पाख्रिवासमा तोडफोड
धनकुटा, १२ असार । धनकुटाको पाख्रीवास नगरपालिकामा तोडफोड भएको छ । नगरसभाको तयारी भईरहेको बेला नगरपालिकाको कार्यलय क्षेत्र भित्र जनताहरुले मेयर विर्ष बहादुर राइ विरुद्ध चर्को नारावाजी गर्दै तोडफोड समेत गरेका छन् । वडा नम्बर ३ का वडा सदस्य सरोज राइले स्थानीय वडा नम्बर ४ का रवि पौडेललाइ हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
आफ्ना माग राख्दै धर्नामा बसेकालाइ वडा सदस्य सरोज राइले धम्की दिदै युवाहरुलाइ तोडफोडमा उतारेपछि कार्यालयमा भौतिक क्षति भएको छ । मेयर विर्ष बहादुर राइले एकलौटी रुपमा पक्षपातपूर्ण काम गरेको, जनताका खास समस्या समाधान गर्नेतर्फ ध्यान नदिई आफ्ना आसेपासे र गुटलाई मात्र प्रश्रय पुग्ने काम गरेको, विभिन्न रोजगारीमा उम्मेद्दवारहरु छनौट गर्दा आफ्नो समुदायलाई मात्र छनौट गर्ने गरेको, मिलेमतोमा नियम विपरित योजना वितरण गरेको भन्दै आक्रोशीत जनताले मेयर विरुद्द चर्को नारावाजी गरेका थिए ।
यसको मुख्य कारक भने विघटित प्रतिनिधी सभा सदस्य राजेन्द्र राइ र उहाँको निर्देशन अनुसार घटना भएको स्थानीयले बताएका छन् । ओली निकट राईको ठाडो निर्देशनमा धनकुटाका सातै पालिकाहरुलाइ ओली गुटका नेता कार्यकर्तालाइ मात्र फाइदा पुन्ने खालको वजेट निर्माण गर्न र ओली गुट बाहेकका वडाध्यक्षहरु निर्वाचित भएका वडाहरुमा बजेट कटौति गर्न दवाद दिएर विवाद भएको हो । विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (एमाले) माधव पक्ष समूह, माओवादी केन्द्र, जसपा लगायतले संयुत्त विज्ञप्ति मार्फत यस्तो गलत कदम विरुद्द एकजुट भइ अघि बढ्ने र थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।
धनकुटाका सातै तह नेकपा एमालेबाट निर्वाचित मेयर तथा उपमेयर रहेको हुदा भ्रष्टाचार र कमिसनको खेलमा कतै विरोध नगर्ने भएकोले अनियमितता बढेको समाचार सञ्चारमाध्यमहरुमा आइरहेकै बेला नेकपा एमाले धनकुटाका पार्टी अध्यक्ष समेत रहेका राईले विपक्षी पार्टीबाट निर्वाचित वडाहरुमा वजेट कटौती गर्ने निर्देशन दिनु, ओली प्यानलमा लाग्नेलाइ योजना तथा ठेक्का पारिदिन्छु, जागिर दिन्छु भन्ने, सरुवा, बढुवा र जागिरको आश्वासन दिने जस्ता कार्यले स्थानीय जनताहरुमा आक्रोश बढेको हो ।
विभिन्न स्थानीय पालिकाहरुमा विकास निर्माणका कामहरु गर्न उपभोत्ता समिति गठन भएर बजेट समेत विनियोजन भईसकेको अवस्थामा आफु अनुकुलको उपभोत्ता समिति र आफ्नो गुटको नभएको भन्दै बजेट कटौती गर्ने, आफु निकट व्यक्ति रहेको उपभोक्ता समितिलाइ काम दिने र काम पाएपछि केहि रकम पार्टीको नाममा राजेन्द्र राइलाइ वुझाउन पर्ने भएको उपभोक्ता समितिका एक अध्यक्षले बताए । यति मात्र नभइ राजेन्द्र राइले आफ्नो पक्षमा लाग्न दबाव दिदै नभए जे पनि हुन सक्ने भन्दै फोन मार्फत धम्कि समेत दिने गरेकोे एक वडाध्यक्षले बताए ।