पर्सामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाईते
वीरगन्ज, १० असोज । सोमबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने राम प्रसाद उपाध्यायको छोरा वर्ष १५ को सिद्दान्त उपाध्यायको मृत्यु भएको हो ।
बिहान ६ः३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा न.२ ईदगाह चोक स्थित छठिमाई पोखरीको नजिक मेघ गर्जन सहितको चट्याङ लागी सिद्धान्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
चट्याङ लागेर घाईते भएकाहरुलाई नजिकको डियूटीमा रहेको प्रहरी टोली पुगेर तत्कालै नारायणी अस्पताल पुर्याउदा वर्ष १५ को सिद्दान्त उपाध्यायको नारायणी अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । चट्याङ लागेर सोही ठाउँ बस्ने साविर हुसेनकी श्रीमती वर्ष २९ की कुलनेसा खातुन, र वडा नं. ४ बस्ने भिखारी राउतको छोरा वर्ष १३ को अर्जुन राउत घाईते भएका छन् ।
उनीहरुको अवस्था पनि गम्भीर रहेको छ । घाईतेहरुलाई थप उपचारको लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको पर्सा प्रहरीले जनाएको छ । त्यसैगरी सोमबार बिहानै सोही समयमा विन्दवासिनी गाउँपालिका वडा नं. ४ अमरपट्टिमा पनि चट्याङ लागेर एकजना घाईते भएका छन् । विन्दवासिनी गाृँािसmका वडा नं. ४ अमरपट्टी बस्ने वर्ष अन्दाजी २६ का कुन्दन दास चट्याङ लागेर घाईते हुनुभएको छ ।
उहाँको अवस्था पनि मध्यम रहेको छ । शौचालय जाने क्रममा चट्याङ लागी घाईते भएका उनलाई प्रहरी चौकी अमरपट्टीबाट खटिएको टोलीले उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा ल्याई भर्ना गरिएको छ । उनको नारायणी अस्प्तालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।