कर्मचारी संगठनको बार्षिकोत्सवमा फलफूल तथा शैक्षिक सामग्री वितरण
वीरगन्ज, २१ पुष । नेकपा माओवादी केन्द्र निकटको कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय बाणिज्य बैंक) मधेस प्रदेशको १७ औं बार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । संगठनले बार्षिकोत्सवको अवसरमा आदर्शनगर स्थित आमाको माया छात्रवासमा रहेका विद्यार्थीहरुलाई फलफूल र शैक्षिक सामग्री वितरण गरेको छ ।
संगठनका मधेस प्रदेश अध्यक्ष दरो रामको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख कमलेश ठाकुर, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष दीपक गौतम, नेपाल राष्ट्रिय कर्मचारी संगठन (कृषि विकास बैंक) का केन्द्रीय सदस्य अध्यक्ष गुरुदेव उपाध्याय,
अखिल क्रान्तिकारीका विदेश विभाग उपप्रमुख शिवम साह, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका पर्सा अध्यक्ष सुनिल कुर्मी, नेपाल राष्ट्रिय प्रगतीशील जनस्वास्थ्यकर्मी संगठनका पर्सा इन्चार्ज रुपलाल साह, अध्यक्ष शिवहरि तिवारी, नेपाल निजामति कर्मचारी संघका राहुल ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय बाणिज्य बैंक) मधेस प्रदेशका सचिव आलोक कुमार कर्णले गर्नुभएको थियो । भने नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय बाणिज्य बैंक) का दिवस पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।