मधेस प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेस, एमाले दोश्रो, जसपा तेश्रो
वीरगन्ज, ७ जेठ । स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । एक मात्रै महानगरपालिका वीरगन्ज र जनकपुर उपमहानगरपालिकाको मत परिणाम आउन बाँकी रहँदा शनिबार अपरान्ह ४ बजेसम्मको परिणाम अनुसार मधेस प्रदेशमा नेपाली कांग्रेस ४२ प्रमुख र ४४ उप्रमुखमा जित निकल्दै मधेसमा पहिलो पार्टी बनेको हो ।
त्यस्तै नेकपा एमाले दोश्रो नम्बरमा आउन सफल भएको छ । नेकपा एमालेको २३ प्रमुख र २३ उपप्रमुख सहित दोश्रो स्थानमा रहेको छ । आफ्नो मुख्य शक्तिको आधार रहेको जनता समाजवादी पार्टी मधेसमा तेश्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
मधेस प्रदेशको एक मात्रै महानगरपालिका भाग पाएको जनता समाजवादी पार्टीको अहिलेसम्म २० स्थानमा प्रमुख र २२ स्थानमा उपप्रमुख जितेको छ ।
कुन जिल्लामा प्रमुख र उपप्रमुख कस्को कति हेर्नुहोस्
कुन पार्टीको वडा अध्यक्ष कति हेर्नुहोस्