राष्ट्रियसभाको उपाध्यक्ष अर्यालले गरिन पदभार ग्रहण
काठमाडौं, ४ माघ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले सबै सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । उहाँले महिलाका मुद्दालाई मुखरित गर्न र महिला सांसहरुलाई सहयोग गर्न पनि विशेष ध्यान दिने पनि बताउनुभयो ।
मंगलबार पदभार ग्रहण गरेपछि उहाँले ‘पदको गरिमा कायम गर्दै सांसदहरुसँग सहकार्य गरेर प्रभावकारी बनाउने बताउनुभयो । सहकार्यको विषयमा प्रतिनिधि सभाको उपसभामुखसँग पनि कुराकानी गरेको जानकारी उहाँले दिनुभयो । महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न पनि सहकार्य जरुरी भएको उहाँको भनाइ छ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाको काम प्रभावकारी बने देशभर सकारात्मक सन्देश जाने उहाँले बताउनुभयो । उपाध्यक्षको हैसियतले विशेष जिम्मेवारी महसुस गरेको बताउनुभयो । विभिन्न देशका महिला सांसदहरुसँग पनि सहकार्य गर्ने उहाँको भनाई छ ।