रौतहट र काठमाडौंमा भएको सवारी दुर्घटनामा पाँचजनाको ज्यान गयो
वीरगन्ज, २८ कार्तिक । रौतहट र काठमाडौंमा भएको सवारी दुर्घटनामा पाँचजनाको ज्यान गएको छ । रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा चार जनाको ज्यान गएको हो ।
गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका ४ झुनखुन्वाचोकमा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक भएको अनुमान छ । तर, परिचय खुलिसकेको छैन ।
सडकको किनारमा रहेको ठूलो खाल्डोमा गाडी पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार खाल्डोमा पानी जमेको थियो। काठमाण्डौको ग्वार्को चोकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
यस्तै काठमाडौंको इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षका विनोद बुढाथोकीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
स्कुटर अनियन्त्रित भएर आफैँ पल्टियो वा अन्य गाडीले ठक्कर दियो भन्नेबारे अनुसन्धान भइरहेको छ।