सीमा क्षेत्रका नेपाली रेडियोको प्रभाव रोक्न बिहारका मन्त्रीद्वारा केन्द्र सरकारको ध्यानाकर्षण 

सीमा क्षेत्रका नेपाली रेडियोको प्रभाव रोक्न बिहारका मन्त्रीद्वारा केन्द्र सरकारको ध्यानाकर्षण 

काठमाडौं, १८ साउन। सीमाक्षेत्रका नेपाली रेडियोहरुको प्रभाव रोक्न भारतको बिहार राज्यका सूचना तथा जनसम्पर्क मन्त्री सञ्जयकुमार झाले केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

आफ्नो भूभागमा नेपाली एफएम रेडियोको फ्रिक्वेन्सी प्रभाव रोक्न मन्त्री झाले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको हो । हिन्दुस्तान टाइम्सका अनुसार झाले आइतबार केन्द्र सरकारका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरसँग भेटेर नेपाली रेडियोहरुको प्रभाव रोक्न तत्काल आवश्यक कदम चाल्न माग गर्नुभएको छ।

आफ्नो राज्यमा नेपाली एफएमहरुको प्रभाव रोक्ने गरी कार्ययोजना बनाउन समेत केन्द्र सरकारसँग आग्रह गर्नुभएको छ । सीमा क्षेत्रमा रहेका नेपाली एफएमले प्रसारण गरेका सामग्रीका कारण सिर्जित समस्याबारे जानकारी गराउनु भएको समाचारमा उल्लेख छ ।