चिनियाँ शीर्षस्थ नेताको भ्रमणले काठमाडौंको यातायात प्रभावित
काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका क्रममा काठमाडौंका केहि क्षेत्रमा यातायात प्रभावित भएका छन् । भ्रमणको दोश्रो दिन ली चान्सुको भेटघाटका कार्यक्रमका कारण यातायात प्रभावित भएको हो ।
ली चान्सुको सवारीमा सडक पूर्णरुपमा बन्द गर्दा अन्य स्थानमा पनि जाम भएको छ । सवारी रुट भएका स्थानमा पैदल यात्रुले पनि सास्ती बेहोर्नु परेको छ ।
ली चान्सुको टोलीले मंगलबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र एमाले तथा माओवादीका नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो । बुधबार उहाँले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गर्नुहुने छ । बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।