सशस्त्र प्रहरी बिओपीको डिआईजी ठाडा मगरद्वारा उदघाटन
कृष्णमोहन साह
सेंढवा, १६ मंसिर । पर्सामा स्थापना गरिएका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) मा निर्मित भवनहरुको शुक्रबार उदघाटन गरिएको छ । पर्साको ठोरी गाउँपालिका सुरुची बिजयबस्ती स्थित नवनिर्मित सशस्त्र बिओपी र छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा निर्मित भवन शुक्रबार उद्घाटन गरिएको हो ।
ठोरी गाउँपालिका ४ बिजयबस्तीमा निर्माण सम्पन्न भएको बिओपी भवनको एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बिओपीलाई ५ कठ्ठा जग्गा दान गर्नु भएका जग्गादाता एवं रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठलाई प्रमुख अतिथि डिआईजी ठाडा मगरले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सीमा सुरक्षाका लागि सहयोग पु-याएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा ठोरी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, ठोरी ४ का वडाध्यक्ष मान बहादुर थिङ, ससस्त्र प्रहरी पर्साका प्रमुख तेज प्रकाश पोखरेल लगायत ठोरी गाउँपालिका ४ का स्थानीय बासीको सहभागीता रहेको थियो ।