डा.दीपेन्द्र कुमार चौधरी र अधिवक्ता अजय स्वर्णकार विज्ञहरुको रोष्टरमा छनोट

डा.दीपेन्द्र कुमार चौधरी र अधिवक्ता अजय स्वर्णकार विज्ञहरुको रोष्टरमा छनोट

वीरगन्ज, १८ असार । वीरगन्जका दुईजना कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंको विषय क्षेत्रगत विज्ञहरुको रोष्टरमा छनोट हुनुभएका छन् । वीरगन्ज कलेजका संचालक समिति अध्यक्ष एवं ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरी र वीरगन्ज कलेजकै शिक्षक अधिवक्ता अजय कुमार स्वर्णकार विषयविज्ञको रोष्टरमा छनोट हुनुभएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंले सार्वजनिक गरेको विषयक्षेत्रगत विज्ञहरुको रोष्टरको लागि छनौट भएका ब्यक्तिहरुको नाम अनुसार वित्त, व्यवस्थापन, वाणिज्य क्षेत्र तर्फ कलेजका डा.चौधरी छनोट हुनुभएको हो । छनो गरिएको १९ जना मध्य कलेजका संचालक समिति अध्यक्ष तथा ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष डा.चौधरी पर्नुभएको हो ।

त्यस्तै वाणिज्य कानुन तर्फ १८ जनामा वीरगन्ज कलेजका कानुन संकायका शिक्षक समेत रहनुभएका अधिवक्ता अजय कुमार स्वर्णकार छनौट हुनु भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा देखा पर्ने समस्याहरुको पहिचान गर्नमा उहाँहरुले योगदान महत्वपूर्ण रहेकोले उहाँहरुलाई विषयक्षेगत विज्ञहरुको रोष्टरमा छनोट गरिएको हो । उहाँहरुले अब कम्पनी रजिष्ट्रारमा आईपर्ने समस्याहरुको पहिचान र समाधानको उपायहरुको खोजी गर्नका लागि सहयोग गर्नुहुनेछ ।