वीरगज २८ मा वाईसियल नेपालको वडा इकाई कमिटि गठन
वीरगन्ज, १८ असार । वीरगंज महानगपालिका वडा नम्बर २८ बगही टोलमा नेकपा (माओबादि केन्द्र) को सहायक संगठन वाईसियलको वडा ईकाई कमिटि गठन भएको छ । वाईसियल नेपाल जिल्ला संयोजक दीपेन्द्र सिंह पटेलको बिशेष उपस्थितीमा १५ सदसिय वडा एकाइ कमिटी गठन गरिएको हो ।
नवगठित कमिटिको अध्यक्षमा पवन शर्मा, उपाध्यक्षमा विशाल महतो, सचिव सागर महतो, कोषाध्यक्ष राजा बाबू शर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राम प्रबेश सहनी, अंकित दुबे, प्रकाश रायभर, दिपक मण्डल, सागर पटेल, जयराम मण्डल, राजाबाबू रायभर, मन्दिप पटेल, अकलेश सहनी, सुरज ठाकुर, विजय महतो लगायत रहेका छन् ।
दिपेन्द्र सिंह पटेल वाईसियल नेपालको पर्सा संयोजकको जिम्मेवारीमा आएपछि वाईसियलको संगठन विस्तार तीब्र रुपमा भईरहेको छ । वाईसियलको पर्साका १४ वटै स्थानीय तहमा वडा कमिटिहरु निरन्तर गठन भईरहेको छ । सबै पालिकाको वडा इकाई कमिटि र पालिका कमिटि गठन पनि पर्सा जिल्लामा वाईसियलको बलियो संगठनको रुपमा स्थापित गर्न पटेल लागि पर्नुभएको छ ।
पूरानो कम्युनिष्ट पारिवारिक पृष्ठभूमि रहेको पटेल परिवारबाटै भौतिकवादको दर्शनको शिक्षा पाएको बताउनुहुन्छ । उहाँ समाजमा भएका सबैखाले विभेदको अन्त्य र सममतामूलक समाजको लागि निरन्तर लागि रहनुभएको छ ।