गृहमन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारी र स.प्र.अ. हरुको सरुवा 

गृहमन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारी र स.प्र.अ. हरुको सरुवा 

वीरगन्ज, ६ माघ । रवि लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी र सहसचिवहरुको काज सरुवा गरेको छ । गृहमन्त्री स्तरीय निर्णयबाट शुत्रबार राजपत्र प्रथम श्रेणी, द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव र सहायक प्रमुख जिल्ला अधिकारी (उपसचिव) हरुको सरुवा गरेको हो ।

गृहमन्त्रालयले निकालेको सरुवाको सूची अनुसार पर्साका उमेश कुमार ढकालको गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ । पर्सामा जिल्ला प्रशासन कार्यालय दाङका सहसचिव हिरालाल रेग्मी पर्साको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु हुने भएको छ । त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकार आशमान तामाङ्गको पनि गृहमन्त्रालय सिंहदरबारमा सरुवा भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पनि पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काज सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा भएको छ । 

हेर्नुहोस सरुवाको सूची 

Files