नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वान 

वीरगन्ज, ३ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले राष्ट्रपतिकोमा प्रतिवेदन बुझाएपछि राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेको हो ।

राष्ट्रपति कार्यालयद्वारा नेपालको संविधान धारा ७६ को २ अनुसार सरकार गठनका लागि पुस १० गते आईतबार साँझ ५ बजेसम्म दावी पेश गर्न सूचना जारी । संविधानको १ अनुसार प्रधानमन्त्री नियुक्ति गर्नका लागि बहुमत सहितको कुनैपनि दलको बहुमत नआएपछि नेपालको संविधानको ७६ को उपधारका १ बमोजिमको सरकार गठन असम्भव भएकोले

धारा ७६ को उपधारा २ बामोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपतिको कार्यलले अनुरोध गरेको सूचनामा उल्लेख । पुस १० गते आईतबार साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्रीको दावी पेश गर्नुपर्ने ।