ललिता निवास सरकारी जग्गा प्रकरणमा १७ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश
वीरगन्ज, २४ भदौ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका मीन बहादुर गुरुङ सहित १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको हो।
मुख्य योजनाकार देखाइएका मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ। अदालतले दुईजनालाई १५÷१५ लाख आठ जनालाई जनही ७ लाख ५० हजारका दरले धरौटी माग गरिएको छ।
यस्तै दुईजनासँग ३ लाख ५० हजार, चारजनासँग जनही १ लाख १० हजार रुपैयाँका दरले धरौटी माग गर्ने आदेश भएको छ। यो मुद्दामा मृतक २१ सहित ३ सय १० जनालाई प्रतिवादी बनाइएको भएपनि अन्य फरार छन्।
कोसँग कति धरौटी माग गरेको छ ?
१० मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
२० शिवजी भट्ट–३ लाख ३० हजार
३० रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
४० बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
५० कलाधर देउजा –१५ लाख
६० घमन कुमार कार्की– ७ लाख ५० हजार
७० गोपाल कार्की –७ लाख ५० हजार
८० विनोद पौडेल– १५ लाख
९० योगराज पौडेल– ७ लाख ५० हजार
१०० नारायणराज मिश्र –७ लाख ५० हजार
११० अरुण कुमार श्रेष्ठ –७ लाख ५०
१२० ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
१३० बाबुराजा महर्जन– १ लख १० हजार
१४० देवनारायण महर्जन – १ लाख १०
१५० सकलानन्द महर्जन– १ लाख १० हजार
१६० सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७० लोकरि घिमिरे –७ लाख ५० हजार