वीरगन्जका नगर प्रमुख राजेशमान सिंहले भेटे प्रधानमन्त्री प्रचण्डलाई 

वीरगन्जका नगर प्रमुख राजेशमान सिंहले भेटे प्रधानमन्त्री प्रचण्डलाई 

वीरगन्ज, १३ चैत । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेमान सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । सोमबार बिहानै काठमाडौं जानुभएका महानगर प्रमुख सिंहले प्रधानमन्त्री कार्यालय बालुवाटारमा गएर प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।

वीरगन्जका विभिन्न समस्या समाधान र विकासको मुद्दा लिएर जानुभएका सिंहले प्रधानमन्त्रीलाई भेटेर वीरगन्जको समस्याको बारेमा अवगत गराउनुको साथै विकासका योजनाहरुको बारेमा पनि छलफल गरेको बताउनुभयो । भेटका क्रममा वीरगन्जको वृहत्तर विकासमा ध्यान दिन नगर प्रमुख सिंहले प्रचण्डलाई आग्रह गरेकाे उहाँले बताउनुभयो ।

भेटमा वीरगन्जको विकास र समृद्धिमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको नगर प्रमुख सिंहले बताउनुभयो । प्रधानमन्त्रीबाट आवश्यक सहयोग गर्ने आश्वासन पाउनुका साथै वीरगन्जमा यहित चैत ३० देखि २०८० बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको ‘रात्री बजार’ को सन्दर्भमा समेत प्रधानमन्त्रीलाई अवगत गराएको नगर प्रमुख सिंहले बताउनुभयो ।