रानीघाटको चामल गोदाममा फेरी प्रहरीको छापा, तीन गोदामबाट १३ लाख ६० हजार आठसय मूल्यको चामल बरामद
वीरगन्ज, २० पुष । वीरगन्जको रानीघाटमा फेरी प्रहरीले छापा मारेको छ । रानीघाटको तीनवटा गोदामा छापा मारेर प्रहरीले ९१९ बोरा भारतीय चामल बरामद गरेको छ ।
रानीघाट स्थित देवशरण साहको गोदामबाट बास्मती, जीरा र कर्तनी गरी ३५६ बोरा, कृष्ण साहको गोदामबाट १३५ बोरा र नेपाली बाबु भनिने सुनिल साहको गोदामबाट ४२७ बोरा बास्मती, जीरा र कतर्नी भारतीय चामल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
भारतीय चामल भन्सार छली अवैध रुपमा ल्याएर गोदाममा भण्डारण गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्लको टोली, वडा प्रहरी कार्यालय श्रीपूरका प्रहरी निरीक्षक डिल्ली सापकोटाको नेतृत्वमा रहेको टोली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले संयुक्तरुपमा छापा मारेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।
गोदाममा बरामद गरिएको चामल आवश्यक अनुसन्धान कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाईएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो उहाँका खानतलासी गर्दा चामल ९०५ बोरा २०, २४ र २६ केजी अदतको १३ लाख ६० हजार आठसय मूल्य बराबरको चामल बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ।