पिसफोर दलित फाउन्डेसन नेपाल पर्सा, राष्ट्रिय पुरस्कार बाट सम्मानित
वीरगन्ज, १० पुस । दलित समुदायको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको पिसफोर दलित फाउन्डेसन नेपाल प्रदेश–२, पर्सा राष्ट्रिय पुरस्कार बाट सम्मानित भएको छ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा–५, महुवनमा स्थापित युवाहरुको जमातद्वारासंचालित फाउण्डेशन नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर बिकेले बाबुआमाको सम्झना तथा श्र्ध्दा चिरस्मरणीय बनाउन विगत १७ वर्ष देखि भीम–माया स्मृति पुरस्कार स्थापना गरि समर्पण गर्दै आएको पुरस्कारबाट यसबर्ष पुरस्कृत भएको हो ।
संस्थाका अध्यक्ष तथा दलित सामाजिक अभियन्ता मनोज रामलाई पुरस्कारबाट सम्मानित गरिएको छ। मनोज रामको नेतृत्वमा पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश–२, पर्सा संस्थाले मधेशका मधेशी दलित बालबालिकाको लागि शिक्षामा महत्त्वपूर्ण
योगदान पुर्याउदै आएकोले यो वर्षको भीम–माया स्मृति पुरस्कार प्रोत्साहन स्वरुप पिसफोर दलित फाउण्डेशन, प्रदेश–२, पर्सालाई ५० हजारको राशि तथा सम्मान पत्र प्रदान गरिएको छ।
काठमाडौंमा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भीम–माया स्मृति पुरस्कार समारोह तथा विके सेवकद्वारा लिखित मान्छे र माटो कविता संग्रह–२ लोकार्पण कार्यक्रममाप्रमुख अतिथि बागमती प्रदेश प्रमुख तिलक परियारले सम्मान गर्नुभएको थियो ।
पिसफोर दलित फाउन्डेसन नेपालले प्रदेश २ को मधेशी दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, दलित बालबालिकाको लागि निशुल्क ट्युसन कक्षा संचालन गरेको छ। दलित समुदायको शिक्षामा पहुँच, दलित समुदाय सशक्तीकरण ,
दलित समुदायको लागि समानता तथा दलितको सामाजिक न्याय , राज्यमा पहुँच , दलित महिला सशक्तीकरण तथा दलित समुदायको आर्थिक समृद्धिको लागि कार्य सक्रिय ग्रामीण भेगको दलित युवाको जमातबाट सेवा र सहयोग गर्दैआएको छ।
अध्यक्ष नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठानको अध्यक्ष रणेन्द्र बराईलीको अध्यक्षता , राजदूत पदम सुन्दास , गोबिन्द नेपाली , मोतिलाल नेपाली , डाक्टर मान बहादुर विकेको उपस्थिति रहेकोे थियो। कार्यक्रमको संचालन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको महासचिव सरोजदिलु विश्वाकर्मा ज्युले गर्नु भएको छ।