चारदिने नमूना युवा नगरसभा प्रशिक्षण सम्पन्न
विरगन्ज, १८ फागुन । पर्पसाकाे पर्सागढी नगरपालिकामा चारदिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति पर्साकाे सहयाेग, पर्सागढी नगरपालिका र युवालयकाे समन्वय तथा कम्युनिटि डेभलपमेन्ट ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रालिद्वारा आयाेजित अभ्यास प्रशिक्षण सम्पन्न भएको हाे ।
पर्सागढी नगरपालिकाका नाै वटै वडाका युवाहरूलाई व्यक्तित्व विकास, नेतृत्व विकास, लाेकतन्त्र र लाेकतान्त्रिक संस्कारकाे विषयमा तालिम दिईएकाे थियाे ।
आयाेजक संस्थाका अध्यक्ष सुनिल राैनियारकाे अध्यक्षतामा भएको समापन समाराेहमा मन्तव्य राख्दै पर्सागढी नगरपालिकाकि उपप्रमुख पूजा चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अमिताभबच्चन दास, सामुदाियक वन उपभोक्ता जिल्ला महासंघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा नगरपालिका शिक्षा शाखा प्अरमुख देव गिरी, युवालयका अध्यक्ष संताेष महर्जन लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमकाे सहजिकरण रामनिवास यादवले गर्नुभएको थियाे । चारदिनसम्म युवा सञ्जालका अभिनास कार्की, श्याम साह र सुहाना मिश्रले प्रशिक्षण दिएकाे युवालय पर्साका संयाेजक राहुल साहले जानकारी दिनुभयाे ।