स्वतन्त्र उम्मेदवार द्विवेदीलाई स्वतन्त्रकै समर्थन 

स्वतन्त्र उम्मेदवार द्विवेदीलाई स्वतन्त्रकै समर्थन 

वीरगन्ज, १ मंसिर । पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई अर्का स्वतन्त्र उम्मेदवार बालेश्वर चौधरीले समर्थन गर्नुभएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मै उम्मेदवारी दिनुभएका चौधरीले द्विवेदीलाई समर्थन गर्ने बताउदै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनु भएको छ ।

दुवै उम्मेदवारबीच आज भएको भेटमा उम्मेदवारी निष्क्रिय बनाई द्विवेदीलाई समर्थन गर्ने भएको हो । नेपालको राजनीतिमा स्वच्छ छवि भएको इमान्दार नेताको खाँचो भईरहेको बेला तीनदशक लामो राजनीति गर्नुभएका द्विवेदीको व्यक्त्वि र छविमा कुनै किसिमको दाग नलाएकोले नै युवाको नेतृत्व गरेको आफूले समर्थन गरेको चौधरीले बताउनुभयो ।

उहाँले अहिलेका युवाहरुले राजनीतिक संस्कार भएको व्यक्तिको खोजीमा रहेको र त्यो व्यक्ति अजय द्विवेदी पनि भएकोले उहाँलाई समर्थन गरेको बताउनुभयो । पूराना राजनीतिक अनुभव र उहाँमा भएको राजनीतिक संस्कार युवाहरुले पनि सिक्नुपर्ने बताउनुभयो ।

स्वतन्त्र उम्मेदवार द्विवेदीले विचारको राजनीतिको खडेरी परेको अवस्थामा एकजना युवाले विचारको राजनीतिबाट प्रभावित भई समर्थन गरेकोमा धन्यवाद दिदै उम्मेदवार द्विवेदीले युवाहरुको जोश र जाँगरले आफूलाई थप उर्जा मिलेको बताउनुभयो ।