गोपाल किराँतीको माओवादी कम्युनिष्ट पार्टी नेपालले चैत १ गतेबाट ‘जनसंवाद पैदल यात्रा’ गर्ने

गोपाल किराँतीको माओवादी कम्युनिष्ट पार्टी नेपालले चैत १ गतेबाट ‘जनसंवाद पैदल यात्रा’ गर्ने

वीरगन्ज, १८ फागुन । गोपाल किराँतीको नेकपा माओवादीले पहिचानको आन्दोलनलाई स्थापित गर्नका लागि चैत १ गतेदेखि  ‘जनसंवाद पैदल यात्रा’ गर्ने भएको छ ।

प्रदेश १ को नाम कोशी राखेपछि त्यसको विरोधमा प्रदर्शन शुरु भएको पूर्वी नेपालमा आन्दोलनलाई थप उचाईमा पुर्‍याउन र पहिचानलाई स्थापित गर्ने गरी नयाँ राजनीतिक आन्दोलनको तयारीका लागि पाँचथरको फिदमबाट ‘जनसंवाद पैदल यात्रा’ शुरु गर्ने नेकपा माओवादीका संरक्षक गोपाल किराँतीले जानकारी दिनुभयो ।

फिदिमबाट शुरु हुने लिम्बुवान–किराँत–ताम्सालिङ्ग जनसंवाद यात्रा मध्यपहाडी लोकमार्ग हुदै भक्तपुरम पुगेर सम्पन्न गर्ने उहाँले बताउनुभयो । खम्बुवान राज्यको स्थापनाका लागि सशस्त्र विद्रोहमा रहेका किराँतीले एकता गरेर माओवादी आन्दोलनमा लाग्नुभएको थियो ।

२०७४ साल जेठ ३ गते नेकपा एमालेसँग माओवादीको पार्टी एकता भएपछि प्रचण्ड नेतृत्वलाई छोडेर नेकपा माओवादी पार्टीको नाममा राजनीतिमा क्रियाशील रहनुभएको किराँतीले नेपालमा पहिचानको मुद्दा स्थापित हुन नदिन पहिलो संविधानसभा अघि पार्टी विभाजन गरेको मोहन वैद्य र सीपी गजुररेलहरुले शुरुवात गरेको आरोप लगानुभयो ।

उनीहरु पहिलो दोषी र दोश्रो संविधानसभा पनि न्यूनतम प्रगतिशील संविधान मात्रै बनेको र त्यसबेला पार्टी छोडेर बाबुराम भट्टराईले गलत गरेको बताउनुभयो । नेपालमा पहिचानको आन्दोलन स्थापित हुन नसक्नुमा माओवादीका मोहन वैद्यदेखि बाबुराम भट्टराई र पछिल्लो समयमा आएर प्रचण्डको मुख्य दोष रहेको बताउनुभयो ।