एमाले जसपाका उम्मेदवारको घरदैलो अभियान

एमाले जसपाका उम्मेदवारको घरदैलो अभियान

वीरगन्ज, २ कार्तिक । एमाले जसपा गठबन्धनका नेताहरुले आफ्नो निर्वाचन गतिविधिलाई द्रुतगतिमा अगाडि बढाएको छ । निर्वाचन अभियानकै क्रममा नेकपा एमालेका नेता विचारी यादवले जसपा नेता एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव पर्साको विकास  र समृद्धिका लागि चाहिने नेता भएको बताउनु भएको छ ।

वीरगञ्जमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहनु भएका यादवले प्रदीप यादव देशभरका जनताले चिनेको नेता भएकोले उनको जित आवश्यक रहेको बताउनुभयो । उहाँले पर्सा–१ मा प्रदीप यादवलाई कसैले पनि हराउन नसक्ने दावी पनि गर्नुभयो।

पर्सा–१ मा विगतको चुनावका मत हेर्दा अर्को गठबन्धन भन्दा एमाले जसपा गठबन्धनको मतान्तर ३० हजार भन्दा बढी रहेकोले यो चुनावमा पर्सा १ मा प्रदीप यादव र विचारी यादवलाइ कसैले पनि हराउन नसक्ने ठोकुवा गर्नुभयो । एमाले र जसपा दुवै दलको जनाधार बलियो रहेको भन्दै दुवै दल मिलेर चुनाव लड्दा आफूहरुको जित सुनिश्चित भइसकेको बताउनुभयो ।

उहाँले एमाले जसपा गठबन्धन अर्को गठबन्धनको जस्तो चुनाव हार्ने डरले नभइ मधेस र देशको समृद्धिका लागि बनेको स्पष्ट पार्नुभयो ।