पर्सा क्षेत्र नम्बर १ राप्रपाका उम्मेदवार डंगोलको घरदैलो अभियान तीब्र 

पर्सा क्षेत्र नम्बर १ राप्रपाका उम्मेदवार डंगोलको घरदैलो अभियान तीब्र 

वीरगन्ज, २ कार्तिक । प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ को राप्रपाका उम्मेदवार किरणमान डंगोलले आफ्नो घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट क्षेत्र नम्बर १ को उम्मेदवार मनोनयन दर्ता गर्नुभएका डंगोलले घरदैलोको क्रममा देखिएको मतदाताको उत्साहले आफ्नो जित निश्चित भएको बताउनुभयो । उहाँले मतदाताहरुसँगको भेटमा भन्नुभएको छ, ‘तपाइको एक मतले देशको धर्म, संस्कृति, रितिरिवाज, स्वाभिमान र इतिहास बचाउन सकिन्छ ।’

उहाँको यहि भनाईले मतदाताहरुलाई छोएको छ । मतदाताहरुले घरदैलोमा पुग्नुभएका डंगोललाई अन्य पार्टीका उम्मेदवारहरुले सामाजिक सदभाव विथोलेको, साम्प्रदायिकता फैलाएको र धार्मिक सहिष्णुता विगारेको गुनासो गरेका थिए ।

उनीहरुले सबैलाई हेरिसकिएकोले अबको विकल्प नयाँ अनुहार भएको बताए । राप्रपाका उम्मेदवार डंगोलले मंगलबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ७ र ८ मा मतदाताको घर घरमा पुगेर आफूलाई मतदान गरेर जिताउन आग्रह गर्नुभएको छ ।