पर्सा क्षेत्र नम्बर २ का एमाले जसपा गठबन्धनका उम्मेदवार मतदाताको घरदैलोमा
वीरगन्ज, ४ कार्तिक । पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धनका उम्मेदवारहरुले पनि संयुक्त घरदैलो शुरु गरेका छन् । क्षेत्र नम्बर २ को पर्सागढी नगरपालिलका वडा नम्बर २ मनवाबाट आजदेखि घरदैलो अभियान शुरु गरेको हो ।
घरदैलोमा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र कुर्मी, प्रदेशसभा (१) का उम्मेदवार रामनरेश यादव सहितको टोलीले मतदाताहरुसँग भेटघाटका लागि घरदैलो पुगेका छन् ।
नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा नगर सदस्य भरत श्रेष्ठ, हरि घिमिरे, प्रेम पहाडी र जसपा जिल्ला सचिव तवरेज अहमद, क्षेत्रीय अध्यक्ष कामेश्वर पडित, जसपाका नगर प्रमुखका प्रत्यासी सुरज मानन्धर, विरेन्द्र यादव मुम्मताज अन्सारी लगायतको उपस्थिति रहेको थियो ।