झपट रावलले ओलीका भक्तहरुलाई दिए झापट

नेपालको आधुनिक राजनीतिक ईतिहासमा एउटा गर्विलो ईतिहास खडा गरेका छौ । सर्बोच्चले स्थापित गरेको नजिरले यो संबिधान जीबित रहेसम्म कुनै पनि शासक स्वेच्छाचारी र अधिनायकबादी हुन नसक्ने सुनिश्चितता गर्नुका साथै आगामी दिनमा जोकसैले पनि संवैधानिक मर्ममाथि अवाञ्छित अतिक्रमण गर्न नसक्ने ग्यारेन्टी गरिदिएको छ ।

झपट रावलले ओलीका भक्तहरुलाई दिए झापट

वीरगन्ज, ३१ असार । नेकपा एमाले माधव नेपाल समूहका नेता झपट रावलले ओलीका भक्तहरुलाई गतिलो जवाफ दिनुभएको छ । केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमको विरोधमा विपक्षी गठबन्धनमा रहेर संघर्ष गरेका एमालेका २३ जना सांसदहरुलाई सामाजिक सञ्जाल र मुखपत्रहरुमा अतिरञ्जित ढंगबाट भ्रम छर्ने काम भईरहेको भन्दै त्यसको कडा रुपमा भ्रत्र्सना गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको “संबिधान, लोकतन्त्र र संसदीय सर्बोच्चतालाई शासकीय अहंकारको खुनी पन्जाबाट बचाउने हामी नेकपा एमालेका २३ साँसदमाथि अहिले बिभिन्न माध्यमबाट बिषबमन गर्ने र अतिरन्जितढंगले भ्रम छर्ने दुस्प्रयास भइरहेको छ । यस्तो भ्रमपूर्ण प्रचारका दुई कारण देखिन्छन् । पहिलो आफ्नो असंबैधानिक कृत्यलाई कम्तीमा कार्यकर्ता पंक्तिमा स्थापित गर्नु ।  दोस्रो, पछिल्लो पटक बन्दै गएको नेकपा एमालेको एकताको बाताबरण समाप्त पार्नु । यस्तो निकृष्ट स्वार्थबाट प्रेरित भएर हामीमाथि गरिएका नियोजित कुप्रचारको म घोरभत्र्सना गर्दछु ।

यस्ता आधारहीन, मनगढन्ते र पार्टी एकताबिरोधी प्रचारले हामीलाई कुनै बिचलित पार्न नसक्ने स्पष्ट पार्दै हामीहरुले चालेको कदमलाई सम्मानित अदालतले सदर, सम्मान र आदर गरेको तथ्यले हामी सही बाटोमा थियौं भन्ने कुरालाई दुनियाँसामु स्पष्ट गरेको कुरा सबैमा स्मरण गराउन चाहन्छौं ।” रावलले नेपाली जनताले आफ्नो सार्बभौम अधिकारको प्रयोग गर्ने एक मात्र थलो प्रतिनिधिसभालाई षडयन्त्रपूर्णढंगले बिघटन गर्ने देखिएपछि त्यस्तो षडयन्त्रलाई बिफल पार्न हामीले अन्य राजनीतिक दलहरुसँग गठबन्धन गरेका हौं । यति गर्दागर्दै पनि शासकीय अहंकारको सीमा नाघेर जालसाँजीपूर्णढंगले संसद बिघटन गरेपछि हामी २३ साँसद गठबन्धनसहित अदालतसम्म पुगेका हौं । भन्नुभएको छ ।