अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार साँझ अबेरसम्म बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।
बैठक झन्डै चार घन्टासम्म चलेको थियो । बिहीबारको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताउनुभयो ।