तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतले निर्वाचित

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतले निर्वाचित

वीरगन्ज, १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डाक्टर स्वर्णिम वाग्ले भारी मतले निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार वाग्लेले ३४ हजार ९१९ मत पाउनु भएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७९६ मत बढी मत पाउनु भएको छ । भट्टराईले २० हजार १२२ मत मात्रै पाउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । नेकपा एमालेका उम्मेदवार पूर्व आईजीपी सर्वेन्द्र खनाल तेस्रो हुनुभयो ।

उहाँले ८ हजार ४८८ मत पाउनु भएको छ । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको हो।