चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु
चितवन। तीन बुदेँ सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले चितवन–२ को मतगणना सुरू भएको छ। सोमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भए पछि चितवन(२ को मतगणना सुरु भएको हो। इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो। रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिने लगायतका सहमति भएको थियो।
कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ जनाइएको छ । जसअनुसार मतगणना स्थललाइ तारजाली घेरिएको छ। चितवन–२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ।