२८८ को परीक्षणमा १५६ मा संक्रमण पुष्टि, कोरोना संक्रमणले दुईजनाको मृत्यु 

२८८ को परीक्षणमा १५६ मा संक्रमण पुष्टि, कोरोना संक्रमणले दुईजनाको मृत्यु 

 वीरगन्ज, ३१ बैशाख । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति आएको रिपोर्टमा १५६ जनामा संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको २८८ नमूना स्वाबको पीसीआर परीक्षण गर्दा पर्साका ११४ सहित १५६ जनामा संक्रमण पुष्टि

भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । संक्रमित मध्य ३२ जना बाराका, ८ जना रौतहट र एक एकजना सर्लाही र महोत्तरीका रहेका छन् । १८ बर्षदेखि ९० बर्ष उमेर समूहका १०७ जना पुरुष र ४९ जना महिला संक्रमित भेटिएका छन् । 

कोरोना संक्रमणले दुईजनाको मृत्यु 

वीरगन्जमा थप दुईजनाको कारोना संक्रमणका कारणले मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ८५ बर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख २३ गते अस्पताल भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

पहिलो डोज कोरोना विरुद्धको खोप लगाएका वृद्धको अस्पतालमा उपचारकै क्रममा आज मध्यराति १२ः५० मा मृत्यु भएको अस्पतालका डाक्टर सरोज रोशन दासले बताउनुभयो । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षीया महिलाको पनि आज मृत्यु भएको छ ।

बैशाख २८ गते भर्ना भएको उनको पनि सोही दिन एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । कडा खालको नियोनिया र दुुवै फोक्सोले काम नगरेपछि उनको आज बिहान ४ः०० बजे मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।